साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले  विशेष कर्जा सुबिधा बनाएको छ। विशेष गरी औद्योगिक, व्यापार र सेवा क्षेत्रका व्यवसायीहरुले यस कर्जाको लागि निवेदन दिन सक्दछन्। यो कर्जा ग्राहकको आवश्यकता अनुसार कोष वा गैर कोषमा आधारित दुवै प्रकारका हुन सक्छन्।

लक्षित ग्राहक

  • औद्योगिक क्षेत्र जस्तै घरेलु तथा साना मझौला उद्योग
  • व्यापारिक क्षेत्र जस्तै थोक बिक्रेता, स्टकिष्ट, खुद्रा विक्रेता, आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरु
  • सेवा क्षेत्र जस्तै होटेल, लज, रेष्टुरेन्ट, चिकित्सा क्लिनिक, ट्राभल एजेन्सी
  • थोक बिक्रेता, खुद्रा विक्रेता, रेडिमेड गार्मेन्ट, हस्तकला, आदि

कर्जा सीमा

  • रु. ५ लाख देखि रु. १२ करोड सम्म
  • आवधिक कर्जाः रु. ५ लाख देखि रु. १२ करोड सम्म (लागतको ८०% सम्म लगानी)
  • अधिविकर्ष/चालुपूँजि कर्जाः अधिकतम रु ३ करोड सम्म (लागतको ७०% सम्म लगानी)

आधारभूत योग्यता मापदण्ड

  • पहिले देखि नै स्थापना भएको तथा विगत १ बर्ष देखि मुनाफामा रहेको कुनै पनि उद्यम/संस्था/व्यापार/व्यवसाय वा नयाा उद्यम संचालन स्थापना गर्न संचालक/उद्यमीले कम्तिमा सोही प्रकृतिको व्यवसायमा १ वर्षको अनुभव भएको
  • सन्तोषजनक मुनाफा र सकरात्मक नगद प्रबाह भएको
  • कर्जा स्थिर सम्पत्तिको धितोद्वारा सुरक्षित हुनुपर्ने

अधिविकर्ष कर्जा

  • अधिकतम रु ३ करोड सम्म
  • अधिविकर्ष/चालुपूँजि कर्जाः वार्षिक आधारमा नवीकरण कर्जा चुक्ता
  • आवधिक कर्जाः १२ वर्ष सम्मका लागि
  • समान मासिक किस्ताको आधारमा
  • समान त्रैमासिक किस्ता
साना तथा मझौला कर्जाको प्रकार कोष कोष गैर कोष
कर्जा योजना अवधि कजा चालु पूंजी -
परियोजना वित्तिय, अधिविकष कर्जा, -
पूंजीगत वस्तुमा लगानी, डिमाण्ड कर्जा, प्रतितपत्र/बैंक जमानत
स्थिर सम्पत्ति निर्माण (८०% लगानी) टि.आर कर्जा (७०% लगानी) -
कर्जा अवधि बढीमा १२ वर्ष १ वर्ष (वार्षिक आधारमा नवीकरण) -
कर्जा चुक्ता

समान मासिक किस्ताको आधारमा

बराबर
त्रैमासिक किस्त
वार्षिक आधारमा नवीकरण -