साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले  विशेष कर्जा सुबिधा बनाएको छ। विशेष गरी औद्योगिक, व्यापार र सेवा क्षेत्रका व्यवसायीहरुले यस कर्जाको लागि निवेदन दिन सक्दछन्। यो कर्जा ग्राहकको आवश्यकता अनुसार कोष वा गैर कोषमा आधारित दुवै प्रकारका हुन सक्छन्।

लक्षित ग्राहक

  • औद्योगिक क्षेत्र जस्तै घरेलु तथा साना मझौला उद्योग
  • व्यापारिक क्षेत्र जस्तै थोक बिक्रेता, स्टकिष्ट, खुद्रा विक्रेता, आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरु
  • सेवा क्षेत्र जस्तै होटेल, लज, रेष्टुरेन्ट, चिकित्सा क्लिनिक, ट्राभल एजेन्सी
  • थोक बिक्रेता, खुद्रा विक्रेता, रेडिमेड गार्मेन्ट, हस्तकला, आदि

कर्जा सीमा

  • रु. ५ लाख देखि रु. १२ करोड सम्म
  • आवधिक कर्जाः रु. ५ लाख देखि रु. १२ करोड सम्म (लागतको ८०% सम्म लगानी)
  • अधिविकर्ष/चालुपूँजि कर्जाः अधिकतम रु ३ करोड सम्म (लागतको ७०% सम्म लगानी)

आधारभूत योग्यता मापदण्ड

  • पहिले देखि नै स्थापना भएको तथा विगत १ बर्ष देखि मुनाफामा रहेको कुनै पनि उद्यम/संस्था/व्यापार/व्यवसाय वा नयाा उद्यम संचालन स्थापना गर्न संचालक/उद्यमीले कम्तिमा सोही प्रकृतिको व्यवसायमा १ वर्षको अनुभव भएको
  • सन्तोषजनक मुनाफा र सकरात्मक नगद प्रबाह भएको
  • कर्जा स्थिर सम्पत्तिको धितोद्वारा सुरक्षित हुनुपर्ने

अधिविकर्ष कर्जा

  • अधिकतम रु ३ करोड सम्म
  • अधिविकर्ष/चालुपूँजि कर्जाः वार्षिक आधारमा नवीकरण कर्जा चुक्ता
  • आवधिक कर्जाः १२ वर्ष सम्मका लागि
  • समान मासिक किस्ताको आधारमा
  • समान त्रैमासिक किस्ता
साना तथा मझौला कर्जाको प्रकार कोष कोष गैर कोष
कर्जा योजना अवधि कजा चालु पूंजी -
परियोजना वित्तिय, अधिविकष कर्जा, -
पूंजीगत वस्तुमा लगानी, डिमाण्ड कर्जा, प्रतितपत्र/बैंक जमानत
स्थिर सम्पत्ति निर्माण (८०% लगानी) टि.आर कर्जा (७०% लगानी) -
कर्जा अवधि बढीमा १२ वर्ष १ वर्ष (वार्षिक आधारमा नवीकरण) -
कर्जा चुक्ता

समान मासिक किस्ताको आधारमा

बराबर
त्रैमासिक किस्त
वार्षिक आधारमा नवीकरण -

संस्थागत कर्जाको बारेमा प्राय सोधिने प्रश्नहरू

संस्थागत कर्जा भनेको कुनै पनि निर्माण, सेवा, व्यापारीक संस्था वा कम्पनीलाई स्थिर सम्पत्ति सिर्जना गर्न वा चालुपुँजीको आवश्यकता पुर्ति गर्न दिइने कर्जा हो। निर्माण सम्बन्धि उद्योगहरु, अस्पतालहरु, विद्यालयहरु, आयातकर्ता÷व्यापारहरुले यस कर्जा प्रबाह गर्न सक्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी