banner

इलेक्ट्रोनिक कमर्स भन्नाले विद्युतीय प्रनालीबाट कुनै पनि सामान खरिद वा बिक्रि गर्ने प्रक्रिया हो। इलेक्ट्रोनिक कमर्स सुबिधा र्सचालनमा ल्याउने हिमालयन र्बैक प्रथम र्बैक हो, त्यसका साथै यस सुबिधाले व्यापारिक कारोबारमा ल्याएको सकरात्मक परिवर्तनमा र्बैक गर्व गर्दछ। सुरुवातको दिनमा इलेक्ट्रोनिक भुक्तानीको लागि भीसा र मास्टर कार्ड मात्र प्रयोग हुने गरेको छ।

आगामि दिनमा अन्य विदेशी कार्डहरु ज्स्तै एमेक्स,युनियन पे, जेसीबी कार्ड, एससीटी कार्ड बाट पनि कारोबार गर्न मिल्ने गरी सुबिधा थपिने छ।

इ–कमर्स को बारेमा प्राय सोधिने प्रश्नहरू

ई–कमर्सबाट कारोबार गर्न के खाता खोल्न जरुरी छ?

ई–कमर्सबाट कारोबार गर्न त्यस बैंकमा खाता खोल्न अनिवार्य छ।

ई–कमर्सबाट कारोबार गर्दा हिमालयन बैंकको ले के भूमिका निर्वाह गर्छ?

हिमालयन बैंकले कार्डधारकहरुको विवरण पेमेन्ट गेटवेमा सुरक्षित रुपमा राखिदिन्छ र सजिलो संग कारोबार गर्न मद्दत पु¥याउँदछ।।

भुक्तानीको माध्यम र प्रक्रिया के हो?

यस बैंकले कारोबारको ७ दिनमा व्यापारीको खातामा जम्मा गरिदिन्छ।

ई–कमर्स कारोबारको समय अबधि कतिको हुन्छ?

यस बैंकले १० कार्य दिन भित्र व्यापारमा एकीकरण प्रणाली सुचारु गर्न मद्दत गर्दछ।।

बैंकमा कर्जा निवेदन दिएको कति समयमा मैले कर्जा पाउनसक्छु?

निवेदन दिए पछि तपाईको कर्जा आवश्यकता र कर्जा रकम अनुसार कर्जा पाउने समय निर्धारण गरिन्छ। सम्पूर्ण कागजात बुझएको हकमा कर्जा निवेदन दिएको २ हप्ताभित्र कर्जा पाउन सकिन्छ।

कर्जा लिन कस्तो किसिमको धित्तो/सुरक्षण प्रदान गर्नुपर्छ?

चालुपुँजी कर्जाको लागि प्राथमिक सुरक्षण जस्तै बीमा सहितको मौज्दातको हाइपोथिकेसन, उठ्नु पर्ने रकम मुकर्रर गरेको बाहेक संस्था/लगानीकर्ता वा लगानीकर्ताको एकाघर परिवारकको स्थिर सम्पत्ति धितो (घर र जग्गा) र लगानीकर्ता/संचालकको व्यक्तिगत जमानी प्रदान गर्नुपर्दछ।

बैंक जमानत भनेको के हो?

बैंक जमानत भनेको यस्तो गैर कोष कर्जा हो जस अन्तर्गत यदि ऋणीले ऋण तिर्न नसकेमा तेस्रो पाटीलाई बैंकले रकम तिर्ने प्रतिबद्धता गरेको हुन्छ। बैंक जमानत बिडिङ (बिड बण्ड), परियोजना संचालन गर्न ( कार्य सफलता), परियोजना संचालन गर्न अग्रिम भुक्तानी (अग्रिम भुक्तानी जमानत), भन्सारको लागि (भन्सार बण्ड), आदि।

प्रतितपत्र भनेको के हो?

प्रतितपत्र भनेका यस्तो गैर कोष कर्जा हो जस अन्तरगत यदि प्रतितपत्रका शर्तनामाहरु पूरा भएको र चाहिने सबै कागजातहरु प्राप्त भएको देखिएमा बैंकले रकम पाउने बैंकलाई भुक्तानी गरिदिन्छ।

ई–कमर्सबाट कारोबार गर्नलाई कुन–कुन कार्ड स्वीकार गरिन्छ?

ई–कमर्सबाट कारोबार गर्नलाई हाल भिसा र मास्टर कार्ड स्वीकार हुन्छ र निकट भविष्यमा अमेरिकन एक्सप्रेस (एमेक्स), जेसीबी कार्ड,युनियन पे र एससीटी कार्डमा पनि यो सुबिधा थपिदैँ छ।

के नेपालमा अन्य कुनै बैंकले पनि ई–कमर्स कारोबार गर्छ?

हिमालयन बैंक ई–कमर्स कारोबार सुरु गर्ने नेपालको पहिलो र्बैक हो। तर अहिले हरेक बैंकले यो सुबिधा दिँदै अएको छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी