banner

  • खाता खोल्नको लागि बैंकको नीति नियम अनुसार ग्राहकले सम्पूर्ण कागजातहरु बुझाउन पर्दछ। बैंकलाई चाहिने सम्पूर्ण कागजातहरु नबुझाए सम्म चेक र कार्ड जारी हुने छैन।
  • वचत खाताको व्याज दैनिक मौज्दातको आधार हिसाब गरेर नेपाली मिति अनुसार त्रैमासिक आधारमा पूंजीकृत गरिन्छ। यसका साथै आर्जित व्याजमा कर लाग्नेछ।
  • बैंकले जारी गरेको चेक र कार्डमा खातावालाको हक लाग्दछ र त्यसलाई सुरक्षित राख्नु खातावालाको दायित्व हो। यदि चेक वा कार्ड हराए वा चोरी भएमा खातावालाले तुरुन्तै बैंकमा लिखित निवेदन बुझाउनु पर्दछ।
  • कुनै पनि खाताको चेकबुक, कार्ड र खाता विवरण, आदि लिनुपरेमा खातावाला आफै बैंकमा उपस्थित हुनुुपर्दछ। तर यदि कुनै कारणबस खातावाला आफै बैंकमा उपस्थित हुन नसकेमा कोही तेस्रो व्यक्तिलाई अख्तियारी दिएर पठाउन सकिन्छ।
  • यदि कुनै खाताबाट ६ महिनासम्म कुनै पनि डेबिट कारोबार नभएमा खाता निस्कृय हने गर्दछ। खाता निस्कृय हुादा खातावाला आफै बैंकमा उपस्थित भइ कम्तीमा एउटा डेबिट कारोबार गरी खाता संचालन गर्नृु पर्दछ।
  • यदि खातावालाको ठेगाना र सम्पर्क नम्बरमा केही परिवर्तन आएमा खातावालाले बंैकलाई सुचित गराउनु पर्दछ।
  • खातावालाले खाता खोल्दा दस्तखत नमुना कार्डमा जस्तो दस्तखत गरेका थिए पछि सम्म पनि बैंकिङ्क कारोबार गर्दा त्यसतै दस्तखत गर्नुपर्दछ। खातावालाकको सुरक्षाको लागि बैंकले हरेक ग्राहकलाई समय समयमा दस्तखत अद्यावधिक गर्न सुझाव दिादछ।
  • खाताको विवरण सुनिश्चित गर्न खातावालाहरुलाई समय समयमा खाता विवरण लिन बैंकले अनुरोध पनि गर्दछ।

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार, बैंकको नीति र सम्पत्ति सुद्धिकरण र रोकथाम ऐन २००८, सबै खातावालाहरुले आफ्नो सम्पूर्ण जानकारी बैंकलाई बुझाउनु पर्छ। यसको मुख्य उद्देश्य भनेको प्थ्ऋ अध्यावधिक गर्नु हो।

  • यसको लागि नयाा खातावालाले ग्राहक पहिचान फारम र पहिलेका खातावालाले ‘KYC Update Form’ भर्नुपर्ने हुन्छ।
  • KYC, भर्दा खातावालाले नागरिकता नं, जारी मिति र जारी अधिकृत सहित पारिवारिक विवरण बुझाउनु पर्दछ।
  • ग्राहक भाडामा बस्ने भएमा, घरधनीको पूरा नाम, ठेगाना र टेलिफोन नं पनि बैंकलाई दिन आवश्यक छ।
  • यदि खातावाला कतै कार्यरत भएमा, कर्मचारी परिचयपत्रको प्रतिलिपि पनि बैंकलाई बुझाउनु पर्दछ।
  • बिबाहित महिलाको हकमा सासु र ससुराको पनि नाम, नागरिकताको विवरण पनि आवश्यक हुन्छ।
  • विदेशी नागरिकको पारिवारिक विवरण बैंकलाई बुझाउन अनिवार्य छैन।
  • नियामक र कानूनी आवश्यकता अनुसार, यदि खातामा पहिले उल्लेखित भन्दा बढी रकम जम्मा गरेमा त्यस मौज्दातको श्रोत र उद्देश्य खुलाउनु पर्दछ। यदि बैंकले मागेमा श्रोत र उद्देश्य खुल्ने कागजात पनि बुझाउनु पर्दछ। यसका लागि हामी हाम्रा ग्राहकहरुमा बैंकलाई सक्दो मद्दत गर्न र यदि परेमा विप्रेषन भुक्तानी फारम (Remittance Release Form) भर्न अनुरोध गर्दछौा।
  • KYC को मापदण्ड पूरा गर्न खाता खोल्दा ग्राहकले बैंकलाई निम्न कागजातहरु बुझाउन पर्दछ:
Types Of Account Document/Information to be obtained
व्यक्तिगत खाता वा संयुक्त खाता
  • पुरा नाम
  • जन्म मिति
  • स्थाइ ठेगाना
  • हाल/अस्थाइ ठेगाना प्रमाणित गर्ने कागजात जस्तै उपयोगिता बिल, यदि चाहिएमा ग्राहकको घर भ्रमण गरेर नक्शा सहित, भोतर कार्ड, जग्गाधनी प्रमाणपत्र।
  • नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • राहदानी प्रतिलिपि (लिइसकेको भएमा)
  • पेशा र वार्षिक आमदानी (प्रमाणित गर्ने कागजात सहित)
  • घरधनीको ठेगाना र सम्पर्क नं (भाडामा बस्ने भएमा)
  • नजिकको नातेदार वा पारिवारिक सम्बन्धको विवरण (ग्राहक पहिचान फारमको आधारमा)
  • टेलिफोन वा मोबाइल नम्बर/इ–मेल
  • ग्राहक कुनै संस्थामा काम गर्छन् भने त्यहााको परिचयपत्रको प्रतिलिपि
  • अपेक्षित मासिक कारोबार
  • हालसालको फोटो
  • यदि विदेशी मुद्राको खाता भएमा विदेशी मुद्राको आयश्रोत खुल्ने कागजात
  • हकवालाको परिचयपत्र
  • अन्य कागजातहरु
साझेदारी वा एकल स्वामित्व फर्म
  • फर्मको नाम
  • फर्म दर्ता प्रमाणपत्र अनुसार फर्मको ठेगाना
  • फर्मको हाल ठेगाना(फर्म दर्ता प्रमाणपत्र भन्दा फरक भएमा)
  • शाखा संख्या र ठेगाना
  • ठाउा र व्यापारको प्रकृति
  • अपेक्षित वार्षिक कारोबार
  • प्रोप्राइटर, सबै साझेदारहरु र आधिकारीक दस्तखतकर्ताको नागरिकता प्रतिलिपि
  • टेलिफोन वा मोबाइल नम्बर/इ–मेल
  • सबै साझेदारहरुको नाम, ठेगाना र टेलिफोन वा मोबाइल नम्बर (ग्राहक पहिचान फारमको आधारमा)
  • सबै साझेदारहरुको फोटो
  • फर्म दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा एब्ल्
  • वित्तिय तथा प्रशासनिक कामको लागि दिइएको म्यान्डेट
  • साझेदारी सम्झौतापत्रको प्रतिलिपि
  • अन्य कागजातहरु
चल्ती खाता
  • कम्पनीको नाम
  • प्रधान कार्यालयको ठेगाना
  • पूरा ठेगाना
  • टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
  • कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा एब्ल्
  • संचालकहरु, प्रमुख कार्यकारी आधकृत र म्यान्डेट दिइएको आधिकारीकको नागरिकताको प्रतिलिपि
  • संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
  • १% भन्दा बढी शेयर भएका शेरधनीहरुको नाम र ठेगाना
  • प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
  • खाता खोल्नलाई संचालक समितिको निर्णय उतार
  • खाता संचालनको लागि वारेसनामा
  • अन्य कागजातहरु
क्लब/गैर सरकारी कार्यालय
  • क्लब/गैर सरकारी कार्यालयको पूरा नाम
  • ठेगाना
  • दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
  • प्रतिलिपि
  • कार्यकारी समिति वा संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
  • टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
  • खाता खोल्नलाई कार्यकारी समिति वा संचालक समितिको निर्णय उतार
  • संचालकहरु, प्रमुख कार्यकारी आधकृत र नागरिकताको प्रतिलिपि
  • खाता संचालन र कारोबारलाई र म्यान्डेट दिइएको आधिकारीक
  • संचालकहरु वा कार्यकारी समितिको नागरिकता वा परिचयपत्र प्रतिलिपि
  • अन्य कागजातहरु
सहकारीको खाता
  • सहकारीको नाम
  • ठेगाना
  • टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
  • सहकारीको नियम र नियमन
  • संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
  • संचालकहरुको फोटो
  • दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
  • संचालकहरुको नागरिकता वा परिचयपत्रको प्रतिलिपि
  • खाता खोल्नलाई संचालक समितिको निर्णय उतार
  • खाता संचालनको लागि वारेसनामा
  • अन्य कागजातहरु
सार्वजनिक वा निजी ट्रष्ट
  • संस्थाको नाम
  • ठेगाना
  • टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
  • नियमावली
  • ट्रष्ट खोल्ने प्रतिवद्धता
  • ग्राहक पहिचान फारमको आधारमा ट्रष्टका संचालकहरु, ट्रष्टको व्यवस्थापन समितिहरुको नाम, ठेगाना र फोटो
  • दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
  • खाता खोल्नलाई संचालक समिति वा व्यवस्थापन समितिको निर्णय उतार
  • संस्थाको नियन्त्रण/संचालन गर्न दुइ जना संचालकहरुको नाम, ठेगाना प्रमाणित गर्ने कागजात सहित
  • ट्रष्टका संचालक, संचालक समितिका सदस्य र व्यवस्थापन समितिका सदस्यहरुको मान्य परिचयपत्र
  • खाता संचालनको लागि वारेसनामा
  • अन्य कागजातहरु
विद्यालय वा कलेजको खाता
  • विद्यालय वा कलेजको नाम
  • ठेगाना
  • प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
  • दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
  • मुख्य अधिकृतहरुको नाम, ठेगाना, फोन नं र फोटो
  • संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
  • खाता खोल्नलाई संचालक समिति वा व्यवस्थापन समितिको निर्णय उतार
  • खाता संचालनको लागि वारेसनामा
  • संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नागरिकता प्रतिलिपि
  • अन्य कागजातहरु
अन्तराष्ट्रिय गैर सरकारी संस्था
  • संस्थाको नाम
  • ठेगाना
  • संगठन र राष्ट्रिय सामाजिक सेवा काउन्सीलबीचको सम्झौता पत्रको प्रतिलिपि
  • सरकारी सम्झौता पत्रको प्रतिलिपि
  • सम्बन्धित देश वा दुतावासको सिफारिस
  • संस्थाको नीति नियम
  • संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नाम, ठेगाना र फोटो प्रमाणित हुने कागजात
  • देश प्रतिनिधि वा संगाठन प्रमुखको नाम, ठेगाना र फोटो प्रमाणित गर्ने कागजात
  • खाता संचालनको लागि वारेसनामा
  • देश प्रतिनिधि वा खाता संचालकको नागरिकता प्रतिलिपि
  • अन्य कागजातहरु
विदेशी नागरिकको खाता
  • पूरा नाम
  • ठेगाना
  • बुबा वा पति–पत्निको नाम
  • भिसाको प्रतिलिपि
  • राहदानीको प्रतिलिपि
  • फोटो
  • कार्यालय वा दूतावासको सिफारीस (कर्मचारी भएमा)
  • नेपालको ठेगाना र सम्पर्क नं
  • अन्य कागजातहरु
विदेशी कम्पनीको खाता
  • नाम
  • पूरा ठेगाना
  • कम्पनी दर्ताको कागजात
  • प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
  • खाता खोल्न र कारोबारलाई म्यान्डेट दिइएको आधिकारीक
  • कम्पनीको ठेगाना प्रमाणित हुने कागजात 
  • नेपालको ठेगाना, सम्पर्क नम्बर वा सम्पर्क व्यक्ति
  • खाता संचालकको नागरिकता वा राहदानी प्रतिलिपि
  • अन्य कागजातहरु
कूतनीतिज्ञ वा दूताबासको खाता
  • नाम
  • पूरा ठेगाना
  • खाता खोल्न कूतनीतिज्ञ वा दूताबासको निवेदन
  • खाता संचालनलाई म्यान्डेट
  • खाता संचालकको नाम, ठेगाना र फोटो प्रमाणित हुने कागजात
  • परिचयपत्रको प्रतिलिपि
  • अन्य कागजातहरु
गैर आवसीय नेपालीको खाता
  • पूरा नाम (ग्राहक पहिचान फारमको आधारमा)
  • ठेगाना
  • बुबा वा पतिको नाम
  • आय श्रोत प्रमाणि हुर्ने कागजात
  • रोजगारदाताको सम्झौता वा नियुक्ति पत्र
  • राहदानीको प्रतिलिपि
  • नेपालको ठेगाना
  • अन्य कागजातहरु
सरकारी विभागहरु वा ऐजेन्सीहरु, बैधानिक निगम
  • नाम
  • पूरा ठेगाना
  • टेलिफोन, फ्याक्स,इमेल
  • सरकारी विभागहरु वा ऐजेन्सीहरु, बैधानिक निगमको छाप सहित अधिकृतको दस्तखत
  • खाता संचालनको लागि वारेसनामा
  • खाता संचालकको परिचयपत्र
  • अन्य कागजातहरु