नि: शुल्क सुविधाहरु
  • img

    खाता विवरण

  • img

    चेक बुक

  • img

    अन्तर शाखा कारोबार

  • img

    एसएमएस बैंकिंग सेवाहरु

  • img

    मोबाइल बैकिंग सेवा

विशेषताहरु

  • न्युनतम मौज्दात रु.२,०००/– मात्र
  • योग्यता:

- नाबालिक (१६ वर्ष भन्दा कम)

- जेष्ठ नागरिक (५० वर्ष भन्दा माथि)

- फरक रुपमा सक्षम व्यक्ति

- लेखपढ गर्न असक्त व्यक्ति (जो हस्ताक्षर गर्न सक्दैन)

  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • २४/७ ATM बाट रकम निकाल्न मिल्ने
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५,००,०००/– सम्मको निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (Bishesh_Saving_Account.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंक खाता कसले खोल्न सक्छन्?

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

खाता खोल्न कहाँ जाने त?

खाता खोल्न तपाईलाई पायक पर्ने कुनै पनि हिमालयन बैंकको शाखा कार्यालयमा जान सक्नुहुन्छ। विदेशमा बस्नु हुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

खाता खोल्न कति समय लाग्छ?

खाता प्रकारको आधारमा खाता खोल्ने फारम पूर्णरुपमा भरेर बुझाएको १५ देखि २० मिनटमा खोल्न सकिन्छ।

हिमालयन बैंकमा खाता खोल्न लाग्ने शुल्कहरु कस्ता छन्?

हिमालयन बैंकमा खोल्न खाताको किसिम हेरेर बैंकल तोकेको न्युनतम मौज्दात बाहेक अरु केही शुल्क लाग्दैन।

खाता खोल्न कसले मद्दत गर्छ?

सबै शाखामा रहेका हाम्रा ग्राहक सेवा अधिकारीले सबै ग्राहकको मद्दत गर्नुहुने छ। विदेशमा बस्नुहुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गरी मद्दत पाउन सक्नुहुन्छ।

के साथीले मेरो लागि खाता खोलिदिन सक्छ?

कुनै पनि खाता खोल्न बैंकको शाखामा सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुन अनिवार्य छ। तर कम्पनीको खाता खोल्दा भने संचालक समितिबाट नियुक्ति भएको अधिकृत व्यक्तिले बैकमा गएर कम्पनीको खाता खोल्न सक्दछ।

के मैले खाता एउटा शाखाबाट अर्को शाखामा सार्न सक्छु?

तपाईले कुनै पनि शुल्क नलाग्ने गरी एउटा शाखाको खाता अर्को शाखामा सार्न सक्नुहुन्छ।

के मैले मेरो खाता संचालनको हक अरु कसैलाई दिन सक्छु?

तपाईले आफ्नो खाता संचालन हक अरु कसैलाई दिन सक्नुहुन्छ। त्यस्ता आधिकारिक व्यक्तिलाई “ वारेस” (म्यान्डेट) भनिन्छ। कसैलाई वारेसनामा दिए बापत उहाँले तपाईको खाता संचालन गर्न सक्नुहुन्छ। कसैलाई वारेसनामा दिने प्रक्रिया बारे थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ कसले लिन सक्छ?

हिमालयन बैंकमा खाता भएका जो कोहीले पनि इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ लिन सक्नुहुन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी