ग्राहकहरुका दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न घरायसी उपभोग्य, टिकाउ तथा सजावटका सामानहरु जस्तै टि भि, फ्रिज, वाशिङ्ग मेशिन, मोबाइल, ल्यापटप, फर्निचर, गरगहना, मोटरसाइकल, आदिहरु न्यून सीमाका बाबजुत क्रेडिट कार्डको माध्यमबाट खरिद गर्ने सुविधा

  • एच वि एल क्रेडिटकार्डबाट मोबाईलमा कर्जा लगानी गर्ने योजना
  • एच बि एलले क्रेडिटकार्डबाट आइ फोन तथा सामसुङ्ग मोबाईल खरिद गर्न कर्जा लगानी गर्ने योजना सुरु गरेको छ । विष्तृत बिवरण तल दिइएको छ ।
  • न्यूनतम कर्जा सिमाका बावजुद ग्राहकलाई वस्तुहरुको उपयोगिताका बमोजिम उक्त वस्तुहरु खरिद गर्ने अवसर प्रदान गर्न:

विशेषताहरु

  • न्यून क्रेडिट सीमामा मुल्यवान् सामानहरु खरिद गर्न मिल्ने
  • बैंकलाई हरेक महिना किस्ता बुझाउन मिल्ने
  • न्यूनतम १ वर्ष देखि अधिकतम ३ वर्ष सम्म तिर्न मिल्ने
  • न्यूनतम ब्याजदर तथा कर्जा सम्बन्धी अन्य शुल्क तिर्न नपर्ने
बिवरण एन सेलबाट नेशनल मोबाईल हबबाट
स्मार्ट फोनका प्रकारहरु आइ फोन ५एस, ६ र ६ प्लस सामसुङ्गका फोनहरु
कर्जा रकम रु. ४८,९९९.०० देखि रु. ८१,९९९.०० २०,०००.०० देखि रु. २००,०००.०० सम्म
भूक्तानी  समान मासिक किस्ताको आधारमा समान मासिक किस्ताको आधारमा
ब्याजदर  वार्षिक ९.५%  ०%
अवधि १२ महिना १० महिना
योग्यता एच बि एल क्रेडिट कार्ड धारक एच बि एल क्रेडिट कार्ड धारक

For further information, contact us at:

Himalayan Bank Limited ,
Card Center, Corporate Office,
P.O. Box: 20590, Kamaladi, Kathmandu.
24/7 Hours Toll Free # 1660 01 12000
24/7 Hours Direct Tel.: +977-1-4245979/4245980
Day Customer Service Direct Tel.: 4243223 (Office hours only)
FAX: +977-1-4245932
Email: यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए.
Or Simply Visit your nearest HBL Branch

Attached file with this article

File
Download this file (Credit_Card_EMI_Loan_App_Form.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंक खाता कसले खोल्न सक्छन्?

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

खाता खोल्न कहाँ जाने त?

खाता खोल्न तपाईलाई पायक पर्ने कुनै पनि हिमालयन बैंकको शाखा कार्यालयमा जान सक्नुहुन्छ। विदेशमा बस्नु हुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

खाता खोल्न कति समय लाग्छ?

खाता प्रकारको आधारमा खाता खोल्ने फारम पूर्णरुपमा भरेर बुझाएको १५ देखि २० मिनटमा खोल्न सकिन्छ।

हिमालयन बैंकमा खाता खोल्न लाग्ने शुल्कहरु कस्ता छन्?

हिमालयन बैंकमा खोल्न खाताको किसिम हेरेर बैंकल तोकेको न्युनतम मौज्दात बाहेक अरु केही शुल्क लाग्दैन।

खाता खोल्न कसले मद्दत गर्छ?

सबै शाखामा रहेका हाम्रा ग्राहक सेवा अधिकारीले सबै ग्राहकको मद्दत गर्नुहुने छ। विदेशमा बस्नुहुने ग्राहकले भने त्यहाँको हाम्रो प्रतिनिधि कार्यालयमा सम्पर्क गरी मद्दत पाउन सक्नुहुन्छ।

के साथीले मेरो लागि खाता खोलिदिन सक्छ?

कुनै पनि खाता खोल्न बैंकको शाखामा सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुन अनिवार्य छ। तर कम्पनीको खाता खोल्दा भने संचालक समितिबाट नियुक्ति भएको अधिकृत व्यक्तिले बैकमा गएर कम्पनीको खाता खोल्न सक्दछ।

के मैले खाता एउटा शाखाबाट अर्को शाखामा सार्न सक्छु?

तपाईले कुनै पनि शुल्क नलाग्ने गरी एउटा शाखाको खाता अर्को शाखामा सार्न सक्नुहुन्छ।

के मैले मेरो खाता संचालनको हक अरु कसैलाई दिन सक्छु?

तपाईले आफ्नो खाता संचालन हक अरु कसैलाई दिन सक्नुहुन्छ। त्यस्ता आधिकारिक व्यक्तिलाई “ वारेस” (म्यान्डेट) भनिन्छ। कसैलाई वारेसनामा दिए बापत उहाँले तपाईको खाता संचालन गर्न सक्नुहुन्छ। कसैलाई वारेसनामा दिने प्रक्रिया बारे थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।

इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ कसले लिन सक्छ?

हिमालयन बैंकमा खाता भएका जो कोहीले पनि इन्टरनेट बैंकिङ्ग सेवाको सुबिधाको लाभ लिन सक्नुहुन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी