banner

प्वाइट अफ सेल(पोस) पोस भन्नाले प्वाइट अफ सेल भन्ने बुझिन्छ, जसको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिन्छ। यसको मूख्य कार्य भनेको सुचारित बिक्रि प्रक्रियालाई निरन्तरता दिने र कुनै पनि कारोबारको पछि सम्म रेर्कड रहनु हो।

एचविएल पोसमा यी कार्डहरु च्लाउन मिल्छः

  • अमेरिकन एक्सप्रेस (एमेक्स)
  • भीसा कार्ड
  • मास्टर कार्ड
  • युनियन पे
  • माएस्ट्रो कार्ड
  • जेसीबी कार्ड
  • एससीटी कार्ड

व्यापारी (मर्चेन्ट) को बारेमा प्राय सोधिने प्रश्नहरू

व्यापारी वा व्यापारीहरु (मर्चेन्ट) भनेका को हुन्?

व्यापारी वा व्यापारीहरु (मर्चेन्ट) भनेका कानुनी रुपमा दर्ता भएका बहुराष्ट्रिय कम्पनी वा खुद«ा व्यापारी जसले कुनै पनि सामान खरिद गरे बापत त्यसको शुल्क काड) मार्फत लिन्छु भनेर बैंक वा कुनै कार्डको कम्पनी संग सम्झौता गरेका हुन्छन्

POS पोस भनेको के हो?

POS भन्नाले प्वाइट अफ सेल (Point of Sale) भन्ने बुझिन्छ, जसको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिने प्रक्रिया÷साधन हो।

POS Machine भनेको के हो?यसले कसरी काम गर्छ?

प्वाइट अफ सेल टर्मिनल (Point of Sale Terminal) भनेको एउटा विद्युतीय उपकरण हो जसको मद्दतले कार्डबाट भुत्तानी गर्न सकिन्छ।पोस मेसिन यसरी काम गर्दछः

  • प्रीपेड वा डेबिट कार्डबाट ग्राहकको केडिट जानकारी प्राप्त गर्दछ।
  • कारोबारको विवरण जारीकर्ता बैंक सम्म पुराउँछ।
  • कारोबारको विवरण रेकर्ड गर्छ र स्वीकृती आए पछि त्यसको रसिद प्रीन्ट गरेर दिन्छ।
  • अन्तिममा ग्राहकको खाताको रकम विक्रेताको खातामा ट्रान्सफर गरिदिन्छ। पोस मेसिन (POS Machine) जडानको लागि ेलिफोन वा इन्टरनेट सेवाको (Wireless POS Machine)वायरलेस पोस मेसिनको लागि सीम कार्डको आवश्यकता पर्दछ।

पोस मेसिन (POS Machine) जडानको लागि को योग्य हुन्छन्?

कुनै पनि कम्पनी जसको निम्न शर्तहरु पुरा हुन्छन्ः

  • कानुनी रुपमा दर्ता भएको कम्पनी जसको बिक्रि दर बढ्ने राम्रो सम्भावना छ र पछि गएर पनि धेरै मात्रामा कार्डधारकहरु बढाउने क्षमता छ।
  • कम्पनीको कुनै पनि ठगी वा अपराध रेकर्ड नभएको र कालो सूचीमा नपरेको
  • कम्पनीले सम्झौता गरेको बैंकको सबै नियम र सर्त तथा निति मान्नु पर्छ।
  • भुत्तानीको रकम छिटो ट्रान्सफर होस् भन्ने हिसाबले सम्झौता गरेको बैंकमा कम्पनी खाता हुन जरुरी हुन्छ।

पोस मेसिन (POS Machine) जडान गर्ने प्रक्रिया

पोस मेसिन (POS Machine)जडान गर्ने प्रक्रिया यस
प्रकार छन्ः
क.)  साइट निरिक्षण प्रतिवेदन
ख.)  भुक्तानीको रकम छिटो ट्रान्सफर होस् भन्नेहिसाबले सम्झौता गरेको बैंकमा कम्पनी खाता हुन जरुरी हन्छ।
ग.) कम्पनीले कम्पनीको प्रकृति हेरेर चाहिने जस्तो सम्पूर्ण कानुनी कागजात बैंकलाई बुझाउनु पर्दछ। केही आधारभूत आवश्यक कागजात यस प्रकार छन््रः

  • संचालन समितिको लिखित निर्णय
  • कम्पनी दर्ता प्रमाणपत्र
  •  ख्ब्त् वा प्यान प्रमाणपत्र
  •  विदेशी विनियम अनुमति प्रमाणपत्र(विदेशी विनियममा कारोबार गर्ने ट्राभल एजेन्सी जस्ता कम्पनीको लागि)
  •  कर प्रमाणपत्र
  •  नागरिकता प्रमाणपत्र
  •  शेयरधनी सूची वा प्रमाणपत्र
  • (POS Machine) जडानको लागि निवेदन वा अनुरोधपत्र
  •  अन्य कागजातहरु

एइक् पोस मेसिन जडानका फाइदाहरु?

  • पोस मेसिन जडानले परम्परागत भुक्तानी सेवालाई बदल्दै
    आएको र यो प्रणालीले पछिल्लो समयमा आएर धेरै
    मात्रामा कार्डधारकहरु बढाएको देखिन्छ। यस प्रणालीका
    फाइदाहरु यस प्रकार छन्ः
  • पोस मेसिनद्वारा भुत्तानी गर्दा भुत्तानी प्रक्रिया सजिलो तथा छिटो हुने र उपभोत्ताको छुट्टै नयाँ समूह बनी व्यवसायका थप फाइदा हुने।
  • कुनै पनि व्यापारमा पोस मेसिनको प्रयोगले प्रतिस्पर्धि लाभ प्रदान गर्दछ।
  • कुनै पनि कम्पनीमा एइक् ःबअजष्लभ को जडान गर्नाले नयाँ गा्रहकहरुलाई आकर्षित गर्न मद्दत गर्दछ।
  •  POS Machineले व्यापारमा स्वसंचालित तथा हरेक दिनको बिक्रिको रेकर्ड कायम राख्न मद्दत पु¥याउछ।
  •  POS Machine बाट भुक्तानी लिदाँ ठगी र रकमको गलत दाबीहरुबाट पनि बच्न सकिन्छ।
  • POS Machine बाट गरिने भुक्तानी प्रक्रिया छिटो र छरिटो हुनुका साथै भुक्तानी रकम छुट्ने र गल्ती हुने सम्भावना पनि न्यून हुन्छ।
  • कार्डबाट भ्ुात्तानी गर्न प्रक्रिया छिटो र सजिलो तथा धेरै रकम बोक्न नपरे पछि कार्डधारकहरु धेरै सामान खरिद गर्न हिच्किचाउदैनन्। यसले व्यापारमा बृद्घि र नाफा बढाउन मद्दत गर्छ।
  • नयाँ प्रणालीको Wireless POS Machine  को प्रयोग जहाँबाट पनि गर्न मिल्ने हुँदा
  • यसलाई एक ठाउँबाट अर्को ठाउँ लान पनि सजिलो छ जसले भुक्तानी प्रक्रियालाई सहज बनाउँछ तसर्थ धेरै उपभोक्ताहरुलाई आकर्षित गर्न मद्दत गर्छ।
  • माथि उल्लेखित फाइदा बाहेक व्यापार वा कम्पनीले अरु पनि धेरै फाइदा लिन सक्छन्।

POS पोस मेसिनमा एटीएम कार्ड कति पटक सम्म प्रयोग गर्न सकिन्छ?

पोस मेसिनमा एटीएम कार्ड कति पटक सम्म प्रयोग गर्न सकिन्छ भन्ने कुरा एटीएम कार्ड जारी गर्ने बैंक तथा वित्तिय र्सस्थाले निर्धारित गरिदिन्छ।

पोस POS मेसिनबाट एक दिनमा कति पैसा भुत्तानी गर्न मिल्छ भन्ने सीमा तोकिएको छ?

पोस मेसिनबाट एक दिनमा कति पैसा भुत्तानी गर्न मिल्छ भन्ने सीमा विभिन्न एटीएम कार्ड जारी गर्ने र्बैकले निर्धारित गरेको हुन्छ। त्यसैले विभिन्न एटीएम कार्डको सीमा छुटा–छुटै हुनसक्छ।

के नेपालमा अन्य कुनै बैंकले पनि ई–कमर्स कारोबार गर्छ?

हिमालयन बैंक ई–कमर्स कारोबार सुरु गर्ने नेपालको पहिलो र्बैक हो। तर अहिले हरेक बैंकले यो सुबिधा दिँदै अएको छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी