हिमालयन बैंक लि. सन् १९९३ मा पाकिस्तानको हविब बैंक लिमिटेडको संयुक्त लगानीमा स्थापना भएको हो । नेपालको बैंकिङ्ग क्षेत्रमा कडा प्रतिस्पर्धा भएता पनि हिमालयन बैंकले बैंकिङ्ग क्रियाकलापमा (निक्षेप तथा कर्जामा) अग्रणी स्थान कायम राख्न सकेको छ । हिमालयन बैंकको विरासत आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ्ग सेवामा नवीनता प्रदान गर्ने एक संस्थाको रुपमा नेपाल भर परिचित रहेको छ । हिमालयन बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सेवा र टेलिबैंकिङ्ग सेवा लगायतका अन्य बैंकिङ्ग सेवाहरु जस्तै प्रिमियम सेभिङ्ग खाता, एच बि एल प्रोपाईटरी कार्ड तथा बनौ लखपति योजना सुरुवात गर्ने पहिलो बैंकको रुपमा स्थापित भएको छ । नेपालका अन्य वित्तीय संस्थाहरुले हिमालयन बैंकले पदचाप पछ्याई समान प्रकारका बैंकिङ्ग सेवाहरु सुरुवात गरी संचालनमा ल्याएका छन् । त्यसैले हामी देशमा आफ्ना ग्राहकहरुको सेवा तथा सुविधाका लागि बैंकिङ्ग क्षेत्रको आधुनिकीकरण मात्र नगरी नविनतम प्रविधि तथा ग्राहक मैत्रि बैंकिङ्ग सेवा ल्याउन दृढ छौ ।निजि क्षेत्रका बैंकहरु मध्ये उच्चतम निक्षेप तथा कर्जा भएको यस बैंकले स्थानीय बैंकहरुको कर्जालाई सुरक्षण प्रदान गर्न अन्तराष्ट्रिय सम्पर्क बैंकलाई आफ्नो कर्जा नीति अनुसार बैंक जमानत प्रदान गर्ने भएकोले पनि बैंकिङ्ग क्षेत्रमा अग्रणी रहि नेतृत्व प्रदान गर्न सक्ने क्षमता भएको विश्वास लिएको छ । हालसालै बैंकर्स आल्मनाकले देशको नम्बर १ बैंकको रुपमा यस बैंकलाई दिएको रेटिङ्गबाट आफ्नो दावीलाई पुष्टि गर्दछ ।

एचबिएल एक बैंक मात्रै नभइ एक प्रतिवद्ध संस्थागत नागरिक पनि हो ।

संस्थागत सामाजिक उत्तरदायित्व बैंकको एक महत्वपूर्ण पक्षको रुपमा रहेको छ । देशको संस्थागत नागरिक भएको कारण बैंकले सधै सामाजिक कार्यहरुलाई प्रवद्र्धन गरिरहेको छ । समाजको उत्थानको लागि राम्रो गर्ने विभिन्न क्रियाकलापलाई विगतमा जस्तै बैंकले निरन्तरता प्रदान गर्ने गरेको छ । बैंकले विभिन्न क्रियाकलापको लागि छुट्याएको बजेटको उल्लेखनीय भाग समाजको सर्वागिण विकास उत्थान तथा भलाईको लागि खर्च गर्न प्रतिवद्ध छ ।


बैंकको परिकल्पना:

हिमालयन बैंक लिमिटेडले ग्राहकहरुलाई निश्चित तथा विशिष्ट बैंकिङ्ग सेवा प्रदान गरी देशकै प्रमुख बैंक बन्दै (बैंकिङ्ग उद्योगलाई नेतृत्व प्रदान गर्दै) आफ्ना शेयरधनीहरुलाई आकर्षक तथा पर्याप्त प्रतिफलको सुनिश्चितता प्रदान गर्ने धारणा राख्दछ ।


बैंकको मिशन/ लक्ष्य:

बैंकको लक्ष्य मिशन देशकै पहिलो रोजाईको गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने बैंक बन्नु रहेको छ । बैंकको लक्ष्यका दुईवटा पाटाहरु छन्, गा्रहकको रोजाईको सेवा प्रदान गर्ने तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने; त्यसैंले हामी बैंकको लक्ष्यको दुईवटै पक्षहरु त्यतिबेला मात्रै पुरा हुन्छ भन्ने विश्वास राख्छौ, जतिबेला ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा प्रदान गर्न सक्दछौं। बैंकले सधै ग्राहकहरुको मन र मस्तिष्कमा स्थान बनाउन प्रयासरत रहेको छ।


बैंकको उद्देश्य:

बैंकको मुख्य उद्देश्य ग्राहकको रोजाईको पहिलो बैंक बन्ने रहेको छ ।

हिमालयन बैंकले पर्याप्तमात्रामा लगानी गरेको उच्चतम सुरक्षा सहितको आधुनिक बैंकिङ्ग सफ्टवेयर टि २४ प्रयोगमा ल्याई आफ्ना सम्पूर्ण शाखाहरुलाई आवद्ध गराएको छ । यसले बैंकलाई अन्तर शाखा कारोबार, इन्टरनेट बैंकिङ्ग तथा एस एम एस बैंकिङ्ग जस्ता सेवा सहजताका साथ प्रदान गरेको छ । ग्राहक तथा शेयरधनीहरुको आशा तथा आकांक्षा अनुरुप बैंकले विभिन्न प्रकारका नविनतम बैंकिङ्ग सेवाहरु प्रारम्भ गरेको छ । बनौ लखपति योजना, साना तथा मझौला उद्यम कर्जा, प्रिपेड भिसा कार्ड, अन्तराष्ट्रिय यात्रा कोटा क्रेडिट कार्ड, क्रेडिट कार्डको माध्यमबाट उपभोक्ता कर्जा, टोफल/स्याट/आइइएलटिएसको अनलाइन फि पेमेन्ट सुविधा बैंकले प्रारम्भ गरेका नविनतम मध्येका केहि सेवा सुविधाहरु हुन् । बैंकसंग आफ्नै अफसाइड विपद उद्धार व्यवस्थापन प्रणाली छ । विदेशमा रहेका नेपाली कामदारको औपचारिक तथा कानुनी मान्यता प्राप्त माध्यमबाट विप्रेषण गर्ने आवश्यकतालाई मध्यनजर राख्दै विशेष तथा आफ्नै स्वामित्वको अनलाईनबाट रकमान्तर सेवाबाट गर्ने सफ्टवेयर हिमाल रेमिटको विकास गरेको छ । आफ्नै कर्मचारीहरुलाई नियुक्‍त गरी मध्य पूर्व तथा खाडी मुलुकहरुमा रहेका स्थानीय विप्रेषण केन्द्रहरुसंगको सहकार्यमा देशकै ठूलो मध्येको एक विप्रेषण भित्त्र्याउने बैंक भएको छ । ग्राहकको चाहना तथा आवश्यकतालाई प्राथमिकतामा राख्ने दृष्टिकोणले गर्दा बैंकको सेवा भाव प्रतिबिम्बित गर्छ ।