भिसा स्वदेशी क्रेडीट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ।

योग्यता माप्दण्ड

  • उमेर कम्ती मा १८ वर्ष
  • नियमित आय भएको तथा कार्डको निवेदन दिन योग्य व्यक्ति । यस कार्डको सीमा निवेदन दिने व्यक्तिको आय र अन्य आय श्रोत स्थापना हुने कागजातको आधारमा निर्धारण गरिन्छ।
  • पीएसए/एसपीएसए खातावालाहरुले रु. ५०,०००/–रु.१००,०००/– सम्मको स्वदेशी क्रेडिट कार्डको निवेदन दिन सक्दछन्।

यो कार्डको विशेष्ताहरु यस प्रकार छन्ः

  • सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
  • यो कार्ड सबै ATM र POS दुबैमा चल्छ।
  • EMV compliant State-of-the-Art CHIP मा आधारित प्रगतिशील प्रणाली
  • कार्डबाट सजिलै भुत्तानी गर्न सकिने
  • कार्डको म्याद ४ वर्ष
  • कार्डबाट अनलाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
  • कार्डबाट सजिलै भुत्तानी गर्न सकिने
  • संसारभर चिनिने ब्राण्डको रुपमा रहेको र जीवनसाथी वा आफ्ना आश्रितहरु लाई पूरक कार्ड दिन मिल्ने
  • अनलाइन खाताको विवरण तुरुन्तै लिन मिल्ने र चौबिसै घण्टा सातै दिन सहायता केन्द्र भएको

एचवीएल क्रेडीट कार्ड लिनको लागि चाहिने कागजात:

क. व्यक्तिगत कार्डको लागि (व्यक्तिगत खातावालाको लागि):-

  • दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
  • पीपी साइज कलर फोटो
  • निवेदको बस्ने घर वा अफिसको नक्शा
  • परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
  • ठेगाना प्रमाणिकरण कागजात – बत्ति/पानी/टेलिफोन बिल अादि)
  • आयश्रोत स्थापना हुने प्रमाणपत्र/कागजात.

माथि उल्लेखित बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

ख. कर्पोरेट कार्डको लागि (कम्पनीको खाताको हकमा)

  • दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
  • पीपी साइज कलर फोटो
  • निवेदकको बस्ने घर वा अफिसको ठेगानाको नक्शा
  • परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
  • कम्पनी/फर्म दर्ता प्रमाणपत्र/प्यान
  • आय कर दर्ता र कर चुक्ता प्रमाणपत्र
  • क्रेडिट कार्ड लिन र खाताबाट शुल्क काट्न कम्पनीको संचालक समितिको लिखित निर्णय
  • कम्पनी वा फर्मको पछिल्लो अडिट गरिएको वा अस्थायी व्यालेन्स सीट र नाफा नोक्सान विवरण सहित आयश्रोत प्रमाणित गर्ने कागजात
  • व्यक्तिगत कार्ड लिन व्यवस्थापानबाट स्वीकृति पत्र
  • यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

नोटः

  • क्रेडिट कार्डको लागि छुटाइएको रकम नियमित मौज्दातको लागि प्रयोग गर्न मिल्दैन
  • प्रीपेड कार्ड वा क्रेडिट कार्ड लिनको लागि निवेदकले अनिवार्य रुपमा KYC फारम भर्नुपर्छ।

Attached file with this article

File
Download this file (Visa_Master_gold domestic.pdf)

क्रेडिट कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

.क्रेडिट कार्ड लिनलाई कति समय लाग्छ?

निवेदकले सबै आवश्यक कागजात बुझाएको भएमा कम्तिका ३ दिन भित्र कार्ड पाउनसक्नु हुन्छ।

क्रेडिट कार्डमा लाग्ने शुल्कहरु के के हुन्?

हालको शुल्कहरुको थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस् वा चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरमा फोन गरी प्राप्त गर्न सक्नुहुन्छ।

क्रेडिट कार्डहरु कहाँ कहाँ चल्छ?

क्रेडिट कार्डहरु ज्ुानसुकै कार्ड चल्ने टर्मिनलहरुबाट चलाउन सकिन्छ।

के म आफ्नो क्रेडिट कार्डको सीमा रकम जान्न सक्छु?

चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरमा फोन गरी आफ्नो क्रेडिट कार्डको सीमा रकम जान्न सक्नुहुन्छ।

क्रेडिट कार्डको विवरण मिति भनेको के हो?

क्रेडिट कार्डको विवरण मिति भनेको जुन दिन महिनाको खरिद विवरण निकालेर रकम चुक्ताको लागि कार्डधारकलाई पठाइन्छ। रकम चुक्ता गर्ने समय १५ दिनको हुन्छ।

रकम भुक्तानी मिति भनेको के हो?

रकम भुक्तानी मिति भनेको क्रेडिट कार्डको विवरणमा दिइएको रकम चुक्ता गर्ने अन्तिम दिन हो। यदि तपाइको हिमालयन बैंकमा खाता छ र त्यस खातालाई के्रडिट कार्ड संग जोडिएको भएमा चुक्ता गर्नुपर्ने रकम सिष्टमबाट स्वत चुक्ता गर्न सकिन्छ।

क्रेडिट कार्ड खाता विवरण कसरी परिवर्तन गराउन सकिन्छ?

क्रेडिट कार्ड खाता विवरण परिवर्तन गर्न नजिकको शाखामा सम्पर्क गर्नुहोस् वा चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरमा फोन गरी प्राप्त गर्न सक्नुहुन्छ। कर्जा ग्राहकहरुले भने शाखाका सम्बन्ध प्रबन्धकहरु संग सम्पर्क गर्न सक्नुहुन्छ।

के मैले क्रेडिट कार्डबाट अनलाइन खरिद भुक्तानी गर्न सक्छु?

सक्नुहुन्छ तर कार्डको कारोबार सीमा शुन्य बनाइएको हुन्छ। क्रेडिट कार्डबाट अनलाइन खरिद भुक्तानीको लागि कार्डधारकले निवेदन दिनुपर्ने हुन्छ।

यदि मेरो क्रेडिट कार्ड अस्वीकार भएमा के गर्ने?

क्रेडिट कार्ड कारोबारमा थुप्रै पक्षहरु समावेश हुने हुदा विभिन्न कारणले अस्वीकार हुन सक्छ। कुनै पनि पक्षमा केही समस्या आएमा पनि क्रेडिट कार्ड अस्वीकार हुन सक्छ। यदि क्रेडिट कार्ड अस्वीकार भएमा कार्डमै समस्या भएको भन्न मिल्दैन। थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस् वा चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरंमा फोन गरी प्राप्त गर्न सक्नुहुन्छ।

क्रेडिट कार्डमा किन व्याज लगाइन्छ?

क्रेडिट कार्डमा कर्जा सुबिधा हुने भएकोले यसमा व्याज लगाइन्छ।

यदि मेरो कर्जा सीमा नाघेमा के हुन्छ?

यदि कर्जा सीमा नागेमा सकेसम्म छिटो रकम चुक्ता गर्नु पर्दछ। यसले गर्दा कार्ड सीमालाई कायम राख्नुका साथै अन्य थप शुल्क लाग्नबाट बचाउँछ।

मैले मेरो क्रेडिट कार्ड बिल कसरी तिर्ने?

क्रेडिट कार्ड बिल भुक्तानी गर्न तल दिइएका विकल्पहरुको प्रयोग गर्न सकिन्छः
नगद भुक्तानी प्रक्रियाः यस बैंकको नजिकैको कुनै पनि शाखामा गइ कार्ड रकम जम्मा भौचर भरेर तिर्न पर्ने रकम जम्मा गरी तिर्न सक्नुहुन्छ।
खाताबाट काट्ने प्रक्रियाः यदि तपाइले यस बैंकको खाता नम्बर क्रेडिट कार्डसंग जोडेमा खाताबाट हरेक महिना विवरण हेरेर स्वत आफै काट्दै जान्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी