भिसा स्वदेशी प्रिपेड कार्ड नेपाली रुपैंयामा जारी गरिन्छ र यो नेपाल र भारतमा मात्र मान्य छ। यो कार्डको विशेषता भनेको ग्राहकको हिमालयन बैंकमा खाता हुन जरुरी छैन। हिमालयन बैंकले भिसा कार्डको स्वदेशी प्रिपेड कार्ड जारी गर्दछ।

योग्यता

  • नागरिकता वा अन्य परिचयपत्र कागजात भएका नेपाली नागरिक

विशेषताहरु

  • आवश्यक किनमेल र भुत्तानीको लागि सुरक्षित र सजिलो समाधान
  • कुनै पनि एटीएम र पस मा चल्ने
  • यात्री, व्यापारी र विद्यार्थीको लागि धेरै उपयोगी
  • EMV Compliant chip को आधारमा बनेको सुरक्षित कार्ड
  • खाता खोल्न जरुरी नभएको
  • कार्डको म्याद ४ वर्ष
  • कार्डमा रहेको मौज्दात कार्डको म्याद रहेसम्म चलाउन मिल्ने
  • कार्डबाट अनलाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
  • सजिलै दरखास्त दिन सकिने

प्रिपेड कार्डको निवेदन दिन चाहिने कागजातहरु

  • पूर्णरुपमा भरिएको प्रीपेड कार्ड निवेदन पत्र
  • नागरिकताको प्रतिलिपि
  • पीपी साइज फोटो
  • केवाइसी फारम
  • ठेगाना प्रमाणिकरण कागजात –बत्ति/पानी/टेलिफोन बिल, अादि

Attached file with this article

File
Download this file (visa domestioc Pre-Paid_Card_Application_Form_for_Visa_Card1.pdf)

प्रिपेड कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

प्रीपेड कार्ड र क्रेडिट कार्ड बिचको भिन्नता के हो?

प्रीपेड कार्ड र क्रेडिट कार्ड बिचको भिन्नता यस प्रकार छन्:

  कार्डको प्रकार विशेषता/प्रयोग  रकम सीमा
प्रीपेड कार्ड  अहिले रकम जम्मा गरेर पछि प्रयोग गर्ने कार्ड खातामा भएको रकम अनुसार
२  क्रेडिट कार्ड अहिले प्रयोग गरी पछि तिर्ने पूर्व स्वीकृत कर्जा सीमा रकम सम्म

 

हिमालयन बैंकको प्रीपेड कार्डमा लाग्ने शुल्कहरु के के हुन्?

सेवा शुल्कहरु समय समयमा परिवर्तन हुनसक्दछ। हालको शुल्कहरुको थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस् वा चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरमा सम्पर्क गरी वा बैंकको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ।

हिमालयन बैंकको प्रीपेड कार्डहरु कहाँ कहाँ चल्छ?

हिमालयन बैंकले स्वदेशी र अन्तराष्ट्रिय दुवै कार्ड जारी गर्दछ। हिमालयन बैंकले स्वदेशी कार्ड नेपाल, भुटान र भारतको विभिन्न ATMs र POS machine मा चल्छ। यसै गरी अन्तराष्ट्रिय कार्ड भने संसारभर २०० देशहरुमा चल्दछ।

प्रीपेड कार्डमा फेरी रकम कसरी जम्मा गर्ने?

प्रीपेड कार्डमा फेरी रकम जम्मा गर्न नजिकैको शाखा वा कार्ड सेन्टरमा प्रीपेड कार्डमा रकम जम्मा गर्ने भौचर भरेर जम्मा गर्न सकिन्छ।

म आफ्नो प्रीपेड कार्ड बन्द गर्न चहान्छु तर त्यसमा प्रयोग नभएको रकम बाँकी छ। त्यो रकम झिक्ने प्रक्रिया के होला?

प्रीपेड कार्डमा बाँकी रहेको रकम झिक्न यस बैंकको कुनै पनि शाखाको ब्त्ः बाट झिक्न सकिन्छ र प्रीपेड कार्ड बन्द गर्न भने नजिकको कुनै शाखाबाट वा कार्ड सेन्टरमा सम्पर्क गरी गर्न सकिन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी