नेपाल र भारत बाहेक अरु कुनै देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिनसक्नु हुन्छ। ग्राहकले राहदानी वापतको सटही सुबिधा,आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप डलर सटहीको लागि यो कार्डको सुबिधा लिन सक्छन् । यो कार्डको म्याद ४ वर्षको हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म यस कार्डमा रकम थप गर्न सक्छन । यस कार्डमा अमेरिकी डलर पुनः जम्मा गर्न राहदानी वापतको विदेशी मुद्रा सटही सुबिधा वा विदेशी मुद्रा खातामा जम्मा गर्न सकिन्छ।

योग्यता

  • नेपाली नागरिक जो संग नेपाल राष्ट्र बैंकको अनुमति अनुरुप मान्य राहदानी र सुनिश्चित हवाइ टिकट छ, उनले एबिएल प्रीपेड कार्डको निवेदन दिन सक्नेछन् ।

यो कार्डको विशेषताहरु यस प्रकार छन्ः

  • आवश्यक किनमेल र भुत्तानीको लागि सुरक्षित र सजिलो समाधान
  • यो कार्ड भिसाको सबै मर्चेन्ट आउटलेटबाट र भिसाको सबै एटीएममा चल्छ।
  • सुरक्षित र सुबिधाजनक पैसा बोक्ने माध्यम
  • EMV Complaint chip को आधारमा बनेको सुरक्षित कार्ड
  • खाता खोल्न जरुरी नभएको
  • कार्डमा रहेको मौज्दात कार्डको म्याद रहेसम्म चलाउन मिल्ने
  • ड्राफ्ट वा वायर ट्रान्सफरमा जस्तो डर र झन्झट नहुने
  • कार्डबाट अन्लाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
  • कार्डको म्याद ४ वर्ष
  • चौबिसै घण्टा सातै दिनको सहायता केन्द्र

विदेशी प्रीपेड कार्ड लिनको लागि चाहिने कागजात

क. राहदानी वापतको विदेशी मुद्रा सटही सुबिधा कार्ड जारी गर्न
  • पूर्णरुपमा भरिएको प्रीपेड कार्ड निवेदन पत्र
  • पीपी साइज फोटो
  • मान्य भिसा भएको राहदानी
  • सुनिश्चित हवाइ टिकट
ख. एचवीएल विदेशी मुद्रा खाता
  • पूर्णरुपमा भरिएको प्रीपेड कार्ड निवेदन पत्र
  • पीपी साइज फोटो
  • मान्य परिचयपत्रको प्रतिलिपि

Attached file with this article

File
Download this file (visa international Pre-Paid_Card_Application_Form_for_Visa_Card.pdf)

प्रिपेड कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

प्रीपेड कार्ड र क्रेडिट कार्ड बिचको भिन्नता के हो?

प्रीपेड कार्ड र क्रेडिट कार्ड बिचको भिन्नता यस प्रकार छन्:

  कार्डको प्रकार विशेषता/प्रयोग  रकम सीमा
प्रीपेड कार्ड  अहिले रकम जम्मा गरेर पछि प्रयोग गर्ने कार्ड खातामा भएको रकम अनुसार
२  क्रेडिट कार्ड अहिले प्रयोग गरी पछि तिर्ने पूर्व स्वीकृत कर्जा सीमा रकम सम्म

 

हिमालयन बैंकको प्रीपेड कार्डमा लाग्ने शुल्कहरु के के हुन्?

सेवा शुल्कहरु समय समयमा परिवर्तन हुनसक्दछ। हालको शुल्कहरुको थप जानकारीको लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस् वा चौबिसै घण्टा सातै दिन खुल्ला रहने कार्ड सेन्टरमा रहेको सहायता केन्द«को टोल फ्री नम्बरमा सम्पर्क गरी वा बैंकको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ।

हिमालयन बैंकको प्रीपेड कार्डहरु कहाँ कहाँ चल्छ?

हिमालयन बैंकले स्वदेशी र अन्तराष्ट्रिय दुवै कार्ड जारी गर्दछ। हिमालयन बैंकले स्वदेशी कार्ड नेपाल, भुटान र भारतको विभिन्न ATMs र POS machine मा चल्छ। यसै गरी अन्तराष्ट्रिय कार्ड भने संसारभर २०० देशहरुमा चल्दछ।

प्रीपेड कार्डमा फेरी रकम कसरी जम्मा गर्ने?

प्रीपेड कार्डमा फेरी रकम जम्मा गर्न नजिकैको शाखा वा कार्ड सेन्टरमा प्रीपेड कार्डमा रकम जम्मा गर्ने भौचर भरेर जम्मा गर्न सकिन्छ।

म आफ्नो प्रीपेड कार्ड बन्द गर्न चहान्छु तर त्यसमा प्रयोग नभएको रकम बाँकी छ। त्यो रकम झिक्ने प्रक्रिया के होला?

प्रीपेड कार्डमा बाँकी रहेको रकम झिक्न यस बैंकको कुनै पनि शाखाको ब्त्ः बाट झिक्न सकिन्छ र प्रीपेड कार्ड बन्द गर्न भने नजिकको कुनै शाखाबाट वा कार्ड सेन्टरमा सम्पर्क गरी गर्न सकिन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी