मास्टर कार्डहरु अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो र हिमालयन बैंकको मास्टरकार्ड डेबिट कार्ड नेपाल र भारतमा स्वीकार्य छन्।

योग्यता

  • हिमालयन बैंकको कुनै पनि शाखामा बचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचबिएल डेविट कार्ड लिन सक्छन्।

विशेषताहरु

  • सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
  • हिमालयन बैंकको कुनै पनि शाखाबाट बचत वा चल्ती खाता खोली सजिलै कार्ड प्राप्त गर्न सकिने
  • यो कार्ड कार्डधाराकहरुको खातासंग जोडिएको हुन्छ।
  • डेबिट कार्डको म्याद ४ वर्ष हुन्छ।
  • जीवनसाथी वा आफ्ना आश्रितहरुलाई पूरक कार्ड दिन मिल्ने
  • सबै एटीएम र पस मेसिनमा चल्ने
  • जति र जुन बेला पनि खाताबाट पैसा निकाल्न मिल्ने
  • एचबिएलको कुनै पनि एटीम तथा पस मेसिनबाट  कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने  
  • कुनै ब्याज, बिलम्ब शुल्क वा अन्य कुनै जरिवाना नलाग्ने

Attached file with this article

File
Download this file (mastercard-Debit_Card_Application_Form2.pdf)
Download this file (visa international Pre-Paid_Card_Application_Form_for_Visa_Card.pdf)

डेबिट कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

डेबिट कार्डका फाइदाहरु के के हुन्?

भिसा र मास्टरकार्ड डेबिट कार्ड SMART EMV CHIP  द्वारा सुरक्षित कार्ड हो जसको सहयोगले छिटो, छरिटो र सुरक्षित भुत्तानी गर्न मद्दत गर्दछ।

डेबिट कार्डको लागि मैले निवेदन कहाँ दिने?

हिमालयन बैंकमा खाता भएका व्यक्तिले यस बैंकको कुनै पनि शाखाबाट डेबिट कार्डको लागि निवेदन दिन सकिन्छ।

हिमालयन बैंक डेबिट कार्ड प्राप्त गर्न कति समय लाग्दछ?

  • काठमाण्डौ उपत्यका भित्रः ३ कार्य दिन
  • काठमाण्डौ उपत्यका बाहिरः ७–१० कार्य दिन

के मैले डेबिट कार्डबाट अनलाइन भुक्तानी गर्न सक्छु?

हालको समयमा मिल्दैन |

डेबिट कार्डको म्याद कति समयको हुन्छ?

 चीपमा आधारित डेबिट कार्डको म्याद ४ वर्षको हुन्छ।

 

यदि कार्ड हरएमा, चोरी भएमा वा अरु केही समस्या आएमा आवेदन दिने प्रक्रिया के हो?

कमलादीमा रहेको चौबिसै घण्टा सातै दिन खुल्ला रहने सहायता केन्द«को टोल फ्री नं १६६० ०१ १२००० वा ९७७ १ ४२४५९७९, ४२४५९८० मा सम्पर्क गर्न सक्नुहुन्छ। नजिकको शाखामा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

कार्ड हराएको वा बिग्रेमा त्यसको सट्टामा नयाँ कार्ड लिन मिल्छ?

मिल्छ तर त्यसको छुटै शुल्क लाग्छ।

हाल म विदेशमा बस्छु। के मैले डेबिट कार्डको लागि निवेदन दिन सक्छु? त्यसको प्रक्रिया के हो?

विभिन्न देशमा रहेका प्रतिनिधि अधिकारीहरुको मद्दतले डेबिट कार्डको लागि निवेदन दिन सक्नुहुन्छ। तर कार्ड लिनलाई भने तपाई आफै वा कोही व्यक्तिलाई मान्य परिचयपत्रका साथ अख्तियारी दिएर पठाउन मिल्छ। थप जानकारीको लागि सम्बन्धित शाखा वा कार्ड सेन्टर, कमलादीमा सम्पर्क गर्न सक्नुहुन्छ।

के यो कार्ड हस्ताणतरण गर्न मिल्छ?

यो कार्ड हस्ताणतरण गर्न मिल्दैन र कार्डधारकले मात्र प्रयोग गर्न मिल्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी