नेपालको अग्रणी हिमालयन बैंकले प्रस्तुत गरेको हिमालरेमिट प्रीमियम अनलाइन ग्राहक केन्दि«त र आधुनिक प्रणालीबाट संचालन भइरहेको रेमिट्यान्स सेवा हो । यस क्षेत्रमा करिब दुई दशक देखि ग्राहकको आवश्यकता अनुसार रेमिट्यान्स सेवा सुबिधा प्रदान गर्दै आएको हिमालयन बैंक अग्र स्थानमा रहेको छ।


हिमालरेमिटको भुक्तानी संजाल (नेटवर्क) व्यापक रहेको छ। यस अन्तर्गत विभिन्न शहर र गाउँहरुमा रहेका थुप्रै भुक्तानी केन्द्रहरु पर्दछ र नेपाल भरी तेह्र हजार भन्दा बढी ठाउँमा भुक्तानी गर्ने क्षमता राख्दछ जुन स्थानीय ग्राहकहरुको माग अनुसार बढ्ने क्रम जारी छ।हिमालरेमिटको भुक्तानी संजाल (नेटवर्क) व्यापक रहेको छ। यस अन्तर्गत विभिन्न शहर र गाउँहरुमा रहेका थुप्रै भुक्तानी केन्द्रहरु पर्दछ र नेपाल भरी तेह्र हजार भन्दा बढी ठाउँमा भुक्तानी गर्ने क्षमता राख्दछ जुन स्थानीय ग्राहकहरुको माग अनुसार बढ्ने क्रम जारी छ।

विशेषताहरु

  • हिमालरेमिट वेबमा आधारित (web based) प्रणाली हो जुन मुख्य वेबसाइट www.himalayanbank.com/himalremit बाट प्रत्यक्ष संचालन गर्न सकिन्छ।
  • रेमिट्यान्सको अवस्था अनुरोध तत्काल अद्यावधिक हुने
  • रेमिट्यान्स जानकारीको लागि सुरक्षित र भरपर्दो माध्यम
  • हिमालरेमिट एजेन्टहरुको व्यवस्थापन केन्द्रिकृत रुपमा हिमालयन बैकले गर्दछ।

संचालन कार्यविधि

रकम पठाउने एजेन्सीले रकम पाउने व्यक्तिको खातामा वा परिचय पत्रको आधारमा वा ग्राहकको यस बैंक वा नेपालमा रहेको अन्य कुनै स्थानीय बैंकमा रहेको खातामा सिधा जम्मा गरी दिन सक्दछ।

यस प्रक्रियाबाट रकम पठाउँदा क्ष्।ण्।भरमै रकम ट्रान्सफर गरिन्छ। यस प्रणालीबाट हरेक पटक बेग्लाबेग्लै पिन/कोड नम्बर (RAD) दिइन्छ जुन भुक्तानीको मुख्य आधारको रुपमा रहेको हुन्छ ।

  • रकम पठाउने व्यक्तिले रकम पठाउंदा नाम, परिचय पत्र नम्बर, मुद्रा र रकम जस्ता विवरणका साथ निवेदन दिन पर्दछ।
  • रकम पठाउने व्यक्तिले बुझाएको विवरण रेमिट एजेन्टले रेमिट प्रणालीमा राख्दछ र रकम पठाउने स्वीकृती आए पछि पिन/कोड नम्बर आउँदछ जुन रकम पठाउने व्यक्तिलाई दिइन्छ ।
  • रकम पठाउने व्यक्तिले पिन/कोड नम्बर, रकम र नजिकको हिमालरेमिटको भुक्तानी केन्द्रको विवरण दिनुपर्दछ। यस अनुसार रकम पाउने व्यक्तिले सजिलै रकम प्राप्त गर्न सक्दछन् । भुक्तानी हुने स्थान बैंकको शाखा वा हिमालरेमिट एजेन्टको केन्द्र हुन्छ।
  • यस बैंकका शाखा कर्मचारी वा हिमालरेमिट एजेन्टले पिन/कोड नम्बर र रकम पाउने व्यक्तिको विवरण पुष्टी गरे पछि भुक्तानी गरिदिन्छ ।
  • रकम खातामा जम्मा गर्न भने रकम पाउने व्यक्तिको नाम, खाता नम्बर, बैक शाखा कार्यालय र रकम, आदि जस्ता विवरण बुझाउन पर्ने हुन्छ। प्रणालीमा दिइएको विवरण अनुसार यस बैंकले रकम खातावालाको खातामा जम्मा गरिदिन्छ ।
  • रकम पाउने व्यक्तिले रेमिट्यान्स भुक्तानी पाए पछि (सिधा भुक्तानी वा खातामा जम्मा) रेमिट प्रणालीमा अद्यावधिक गरिन्छ र क्ःक् मार्फत रकम पठाउने व्यक्तिलाई रकम भुक्तानी भएको सूचित पनि गरिन्छ।