मास्टर कार्ड स्वदेशी क्रेडिट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ।

योग्यता माप्दण्ड

  • उमेर कम्तीमा १८ वर्ष
  • नियमित आय भएका तथा कार्डको निवेदन दिन योग्य व्यक्ति । यस कार्डको सीमा निवेदन दिने व्यक्तिको आय र अन्य आय स्थापना हुने कागजातको आधारमा निर्धारण गरिन्छ।
  • पीएसए/एसपीएसए खातावालाहरुले रु. ५०,०००/–रु.१००,०००/– सम्मको स्वदेशी क्रेडिट कार्डको निवेदन दिन सक्दछन्।

यो कार्डको विशेष्ताहरु यस प्रकार छन्ः

  • सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
  • यो कार्ड यस ब्राण्डको कार्ड चल्ने ATM / POS Machine दुबैमा चल्छ।
  • EMV compliant State-of-the-Art CHIP मा आधारित प्रगतिशील प्रणाली
  • कार्डबाट सजिलै भुत्तानी गर्न सकिने
  • कार्डको म्याद ४ वर्ष
  • कार्डबाट अनलाइन वा इन्टरनेट कारोबार गर्न मिल्ने
  • सजिलै दरखास्त दिन सकिने
  • संसारभर चिनिने ब्राण्डको रुपमा रहेको र जीवनसाथी वा बच्चालाई पूरक कार्ड लिन मिल्ने
  • अनलाइन खाताको विवरण तुरुन्तै लिन मिल्ने र चौबिसै घण्टा सातै दिन सहायता केन्द्र भएको

एचवीएल क्रेडीट कार्ड लिनको लागि चाहिने कागजात:

क. व्यक्तिगत कार्डको लागि(व्यक्तिगत खातावालाको लागि):-

  • दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
  • पीपी साइज कलर फोटो
  • निवेदकको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
  • परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
  • ठेगाना प्रमाणित हुने कागजात –बत्ति/पानी/टेलिफोन बिल आदि
  • आयश्रोत स्थापना हुने कागजात.

माथि उल्लेखित बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

कर्पोरेट कार्डको लागि (कम्पनीको खाताको हकमा):-

  • दस्तखत सहित पूर्णरुपमा भरेको कार्ड निवेदन पत्र
  • पीपी साइज कलर फोटो
  • निवेदकको बस्ने घर वा अफिसको ठेगाना र नक्शा
  • परिचयपत्र –नागरिकता वा राहदानीको प्रतिलिपि
  • कम्पनी/फर्म दर्ता प्रमाणपत्र/प्यान
  • आय कर दर्ता र कर चुक्ता प्रमाणपत्र
  • क्रेडिट कार्ड लिन र खाताबाट शुल्क काट्न संचालक समितिको बैठककाे लिखित निर्णय
  • व्यक्तिगत कार्ड लिन व्यवस्थापानबाट स्वीकृति पत्र
  • कम्पनी वा फर्मको पछिल्लो अडिट गरिएको वा अस्थायी वासलात र नाफा नोक्सान विवरण सहित आय श्रोत प्रमाणित गर्ने कागजात
  • यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

नोटः

  • क्रेडिट कार्डको लागि छुटाइएको रकम नियमित मौज्दातको लागि प्रयोग गर्न मिल्दैन
  • प्रीपेड कार्ड वा क्रेडिट कार्ड लिनको लागि निवेदकले अनिवार्य रुपमा KYC फारम भर्नुपर्छ।

Attached file with this article

File
Download this file (visa_Master_Classic-gold int.pdf)

क्रेडिट कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

निवेदकले सबै आवश्यक कागजात बुझाएको भएमा कम्तिका ३ दिन भित्र कार्ड पाउनसक्नु हुन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी